काठमाडौं- रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरिरहेका छन्।
हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना कैदी पक्राउ परेका छन् भने सीमा सुरक्षा बल (एसएसबी) भारतले १७ जनालाई नियन्त्रणमा लिएर नेपाल पठाइसकेको रौतहट जिल्ला प्रशासनले जानकारी दिएको छ।
गौर कारागारमा कैद सजाय भुक्तान गरिरहेका २९१ कैदीमध्ये २७ जना मात्र कारागारमै रहेकामा अहिले ९१ जना कैदी कारागारमा छन् भने करिब २०० जना कैदी अझै पनि फरार रहेका छन् ।
असहज परिस्थितिको मौका छोपी कारागारबाट भागेका कैदीबन्दीलाई तुरुन्त उपस्थित भई राज्यलाई सहयोग गर्नका लागि आग्रह गरिएको छ । नगरेमा मुद्दा अनुसार थप कानुनी कारबाहीको दायरामा पर्ने बताइएको छ ।
रौतहटमा निषेधाज्ञा अझै कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक घरमै बस्न निल्ला प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया