विद्यालय सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श दिन काठमाडौं महानगरको आग्रह

आइतबार, २९ भदौ २०८२, १० : ०९

काठमाडौं- काठमाडौं महानगरपालिकाले नियमित पठनपाठन सुरू गर्नु अघि विद्यार्थीहरूलाई मनोपरामर्श उपलब्ध गराउन विद्यालय व्यवस्थापनसँग अनुरोध गरेको छ।

जेनजी आन्दोलनका क्रममाविद्यालय सञ्चालनअघि बालबालिकालाई मनोपरामर्श दिन काठमाडौं महानगरको आग्रह भएको सरकारी दमन र त्यसको प्रतिकारमा भएको विध्वंशका कारण विद्यार्थीहरूको मानसपटलमा नकारात्मक प्रभाव परेको हुन सक्ने भन्दै महानगरले यस्तो अनुरोध गरेको हो।

जनजीवन विस्तारै सामान्य हुँदै गएकोमा भदौ २९ गते अर्थात आइतबारदेखि विद्यालय सञ्चालन गर्न समेत महानगरले सूचनामार्फत विद्यालय व्यवस्थापनलाई अनुरोध गरेको छ।

महानगरपालिकाले आइतबारदेखि विद्यालय खोलेर अभिभावकहरूलाई विद्यालय सञ्चालनबारे जानकारी गराउन, अभिभावकको सुझावको आधारमा सोमबारदेखि नियमित पठनपाठन सुरू गराउन समेत निर्देशन दिएको छ।

साथै महानगरपालिकाले अभिभावक स्वयमले विद्यार्थीलाइ ल्याउन लैजाने अवस्थाका विद्यार्थीलाइ विद्यालयमै पढाउन र बस चढेर आउजाउ गर्नुपर्ने विद्यार्थीका लागि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न समेत निर्देशन दिएको छ।

 
आइतबार, २९ भदौ २०८२, १० : ०९

प्रतिक्रिया