काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।
संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद असोज २ गतेसम्मका लागि थपेको हो । यसअघि उक्त सेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
उक्त सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया