महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजीनामा

आइतबार, २९ भदौ २०८२, १६ : ४१

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले जानकारी दिए । 

उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । 

बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
 

 
आइतबार, २९ भदौ २०८२, १६ : ४१

प्रतिक्रिया