कजारियाको नयाँ शोरूमको दमकमा उद्घाटन

आइतबार, २९ भदौ २०८२, १७ : ५९

दमक–अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घघाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको हो ।

उद्घघाटन समारोहमा सम्मानित दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक श्री हिमांशु अग्रवाल समेत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई थप उर्जा मिस नेपाल वल्र्ड २०२५ सुश्री लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५, सुश्री उरुषा भण्डारी को उपस्थितिले दिएको थियो । 

आइतबार, २९ भदौ २०८२, १७ : ५९

प्रतिक्रिया