काठमाडौं- मानिसहरुको बढ्दो व्यस्तता, वातावरणीय प्रदूषण र पौष्टिक आहारको कमीका कारण हालका युवा–युवतीमा दाग, चाउरी, सुख्खा छाला लगायतका समस्या बढ्दै गएको छ। यसै समस्यालाई समाधान गर्न काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधि प्रयोग गरी छाला तथा सौन्दर्य उपचार सेवा आइतबारदेखि सुचारु गरेको छ।
अस्पतालका अनुसार, दाग, चाउरी, सुख्खा छालादेखि लिएर सम्पूर्ण छाला सम्बन्धी उपचारमा एआई प्रविधिको प्रयोग हुनु नेपालकै लागि नौलो कदम हो। यसअघि यस्तो प्रविधि अमेरिकाजस्ता विकसित मुलुकका व्यक्तिहरूको मात्र पहुँचमा रहेको भए पनि अब भने शिक्षण अस्पतालले यो सेवा आम जनताका लागि सुलभ र किफायती मूल्यमा उपलब्ध गराउने जनाएको छ।
“१४ इन १ को उच्च प्रविधियुक्त हाइड्रा फेसियलले सामान्य उपचारको तुलनामा कैयौं गुणा राम्रो नतिजा दिनेछ,” अस्पतालका व्यवस्थापक दिलीप शाहले जानकारी दिए।

शिक्षण अस्पतालले एआई प्रविधिसहितको यो नयाँ सेवा प्रारम्भ गरेसँगै छाला तथा सौन्दर्य उपचारमा नयाँ युगको सुरुवात भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया