अपडेट

मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीले भोलि शपथ ग्रहण गर्ने

आइतबार, २९ भदौ २०८२, २२ : ३३

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल चर्चित कानुनविद् हुन् । 

यस्तै अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाललाई दिइएको छ । खनाल पूर्वअर्थसचिव हुन्। 

उनीहरुको शपथ भने भोलि हुनेछ ।

आइतबार, २९ भदौ २०८२, २२ : ३३

प्रतिक्रिया