झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, ३० भदौ २०८२, ११ : ३०

काठमाडौं- झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज भदौ २९ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत भदौ २४ गते निष्कासन बन्द गर्ने सूचना प्रकाशित गरेकोमा सो दिनको जेनजी आन्दोलनले मुलुकभर सृजना भएको विषम परिस्थितिका कारण निष्कासन अवधि आज एक दिनका लागि थप गरेको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

 
सोमबार, ३० भदौ २०८२, ११ : ३०

प्रतिक्रिया