आजदेखि देशभर चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन

सोमबार, ३० भदौ २०८२, १३ : २०

काठमाडौं- आज सोमबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य कम्पनीले १५३ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले देशका ४२ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् । खाद्य कम्पनीले सहुलियत मूल्य पसलबाट प्रतिकेजी–प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट दिएको जनाएको छ ।

 
सोमबार, ३० भदौ २०८२, १३ : २०

प्रतिक्रिया