काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । वर्तमान संविधान र व्यवस्था अन्तर्गतै हुने निर्वाचनबाट कसरी आन्दोलनका मागहरु सम्बोधन हुन्छन् भन्ने कुरा अहिले अन्योलमा गएको छ । जेनजिहरुको मुख्य माग स्थिर सरकार र भ्रष्टाचार रहित सरकार हो ।
त्यसको लागि कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मुख्य सर्त हो । अन्तरिम सरकारलाई छ महिनाभित्र निर्वँचन गराउने कार्यादेश दिइएको छ । छ महिनाभित्र निर्वाचन हुने कुरामा नै मानिसहरुले शंका गर्न थालेका छन् । यही संविधान र निर्वाचन प्रणाली मार्फत् हुने निर्वाचनबाट कसरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने हो ? यसमा आन्दोलनकारीहरु चुकेको देखिन्छ । उनीहरुको माग सम्बोधन गर्नको लागि त पहिले यहप्ी संसदबाट संविधानको संशोधन गर्न जरुरी हुन्थ्यो । तसर्थ, आन्दोलनका ऐजेण्डाहरु अरु नै शक्तिबाट हाइज्याक हुने प्रबल संभावना बढेको छ ।
यद्यपी यो पुस्ता सामाजिक र राजनीतिक मुद्दाहरूप्रति पनि सचेत छ । उनीहरुलाई दर्शन र सिद्धान्तका कुराहरु भन्दा पनि न्याय र नियतका कुरा थाहा छ । उनीहरू लैङ्गिक समानता, जलवायु परिवर्तन र सामाजिक न्यायजस्ता विषयहरूमा खुलेर आवाज उठाउँछन् । उनीहरू जागिरमा मात्र निर्भर नभएर आफ्नै व्यवसाय शुरु गर्ने वा स्वतन्त्ररूपमा काम गर्ने कुरामा विश्वास गर्छन् । उनीहरू आफ्नो आर्थिक भविष्यप्रति सजग छन् । जेन जी पुस्ताले मानसिक स्वास्थ्यको महत्वलाई खुलारूपमा स्वीकार्छ र यस विषयमा कुरा गर्न हिचकिचाउँदैन । यो पुस्ताले जलवायु परिवर्तनका बारेमा विश्वका नेताहरुलाई ध्यानाकर्षण गरी दिगो विकास समेट्न सफल भएको छ । अमेरिकामा जातीय असमानताविरुद्धको आन्दोलनले विश्वमा ठूलो प्रभाव पारिरहेको छ । जेनजीले गरेको यौन दूव्र्यवहार र शोषण विरुद्धका आन्दोलनहरु पनि सफल देखिन्छन् । उनीहरूले काम गर्ने तरिका, किनमेल गर्ने शैली र सामाजिक मान्यताहरूलाई समेत परिवर्तन गरिरहेका छन् ।
जेनजी समूह अहिले विश्वमा उल्लेख्य परिवर्तन गर्न सफल भएका छन् । उनीहरु सामाजिक सञ्जालमार्फत चेतना र जागरुकताको सिर्जना गर्छन् र आफूले गर्न लागेको काम ठीक वा बेठीक भन्ने कुराको मतसर्वेक्षण पनि सामाजिक सञ्जालबाटै गर्छन् र सरकार वा सम्बन्धित निकायसँग सुधारको लागि अनुरोध र आह्वान पनि सामाजिक सञ्जालबाटै गर्छन् । सम्बन्धित पक्षले यसबाट टेर्ने काम भएन भने सडकमा आउँछन् । यही प्रक्रियाबाट सन् २०१९ मा सिरियाका युवाहरूले ३० वर्षसम्म शासन गरेका राष्ट्रपति ओमार अल–बशिरलाई सत्ताबाट हटाउन सफल भएका थिए । यद्यपि यसमा सबै पुस्ताको सहभागिता थियो, जेनजी र मिलेनियल पुस्ताका युवाहरूले अनलाइन र सडकमा आन्दोलनको नेतृत्व गरेका थिए । उनीहरूले कला, संगीत र कविताको प्रयोग गरेर आन्दोलनलाई एक नयाँ रूप दिएका थिए । सन् २०२४ को जुलाईमा बंगलादेशमा विद्यार्थीहरूले गरेको आरक्षण विरोधी आन्दोलन जेनजीको नेतृत्वमा भएको थियो । यो आन्दोलनले करिब १५ वर्षसम्म सत्तामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई नै ढालेको थियो । यो आन्दोलनको मुख्य शक्ति सामाजिक सञ्जाल थियो, जसलाई जेनजीले कुशलतापूर्वक प्रयोग गरी लाखौं युवालाई सडकमा उतारेको थियो ।
विश्व परिवेशमा देखिएका घटनाक्रमहरुबाट नेपालका युवाहरु पनि प्रभावित हुनु स्वभाविक थियो । एकहदसम्म नेपालमा पनि जेनजीको आन्दोलनले उच्च सफलता हासिल गरेको हो । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेन जीले प्रतिबन्ध हटाउनका लागि करिव तीन दिनसम्म अनुरोध ग¥यो र पख्र्यो । त्यसपछि २३ गते सडक आन्दोलनको घोषणा ग¥यो । सडक आन्दोलनको घोषणा गरेकाप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई नटेरेर उल्टै २२ गते एउटा कार्यक्रममा आलाकाँचाहरुले गर्ने आन्दोलन भनेर हेप्ने काम गरे । यसबाट जेनजी हेपिएनन् बरु थप आक्रोशित भए ।
परिणामस्वरुप सडक आन्दोलन तोकिएकै दिन भाद्र २३ गते जेनजी समूह काठमाडौंको माइतीघरमा जम्मा भएर बानेश्वरतिर मोडिए भने देशका बिराटनगर, भैरहवा, नेपालगन्ज लगायतका ठूला शहरहरुमा पनि जेनजी युवाहरु सडकमा ओर्लिए । काठमाडौंको जेनजी आन्दोलन बानेश्वर पुगेर संसदभित्र छिर्न थालेपछि रोक्ने क्रममा दोहोरो भिडन्तको सिर्जना भई प्रहरीबाट गोली चल्यो । जेनजि विद्रोहले सत्ताले सिर्जना गरेको कुशासनबाट आजित नागरिकले राहतको अनुभूति पक्कै गरे । सत्तारुढ दलका कार्यकर्ता तथा समर्थकहरु पनि आप्mना नेताहरुको बचाउमा लागेनन् । यसको मतलब कार्यकर्तामा पनि सरकारको शासनशैलीप्रति तीब्र असन्तुष्टि थियो ।
जेनजीको आन्दोलनले राजधानी बाहिर विराटनगर, चितवन, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज, कोहलपुर, सुर्खेतलगायतका स्थानहरुमा पालिकाका कार्यालय भवन र कागजातहरु जलाउने काम ग¥यो । पालिकाका मेयर, उपमेयर, मुख्य मन्त्री, मन्त्री र पार्टी कार्यालयहरु पनि बाँकी नराखी ध्वस्त बनाइयो । आन्दोलनले गरेको ध्वंशलाई निर्माण गर्ने दायित्व अब बन्ने सरकारको हो । जेनजी लगायत यसवा पुस्ता र पविर्तन चाहने नागरिकले सडकबाट सरकारलाई सचेत गराउँदै कतिपय अवस्थामा खबरदारी पनि गर्न जरुरी हुन्छ । आन्दोलनका ऐजेण्डाहरु कार्यान्वयन गर्ने दिशामा सरकारलाई सहयोग र दबाब दिन पनि उत्तिकै आवश्यक छ । २७ घण्टाको अन्तरालमा मुलुकमा जुन खालको परिवर्तन भयो त्यसलाई संरक्षण गर्न अर्कोै ठूलो चुनौति छ ।
प्रतिक्रिया