ऊर्जामन्त्री घिसिङद्वारा पदभार ग्रहण, डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय

सोमबार, ३० भदौ २०८२, १५ : २१

काठमाडौं- ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् । 

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले हटाउनेसम्मको निर्णय गर्‍यो ।

उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । 

अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य रहेका छन् । 

 
 
सोमबार, ३० भदौ २०८२, १५ : २१

प्रतिक्रिया