गड्डाचौकी नाका सुचारु, नेपालीलाई आवातजावतमा रोक छैन

सोमबार, ३० भदौ २०८२, १६ : ५२

काठमाडौं–नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एस.एस.बी.) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो । पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको हो ।

यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन् । नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन् । भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।
 

सोमबार, ३० भदौ २०८२, १६ : ५२

प्रतिक्रिया