बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

सोमबार, ३० भदौ २०८२, १६ : ५६

काठमाडौं- बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ आज सोमबार बाँडफाँड भएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

यसमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियो। 

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ । यसअनुसार ४ लाख ३४ हजार १०८ सय आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

यस आईपीओको अन्तिम नतिजा  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको बेवसाइट https://nsmbl.com.np/ , सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट  https://iporesult.cdsc.com.np/ र सिडिएसको बेवसाइट  https://meroshare.cdsc.com.np/#/login  बाट हेर्न सकिन्छ । 

 
 
सोमबार, ३० भदौ २०८२, १६ : ५६

प्रतिक्रिया