काठमाडौं–भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा विभिन्न स्थानमा सञ्चालित केवलकारमा क्षति पुगेसँगै तीन केवलकार अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौंको चन्द्रगिरि केवलकार, दोलखाको कालिञ्चोक केवलकार र नवलपुरको मौलाकाली केवलकारको सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको हो ।
संरचनामा आगलागी र तोडफोड हुँदा अहिले केवलकारको सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएका हुन् । तीन वटै केवलकार कम्पनीले अर्को सूचना नआउन्जेलसम्मका लागि सबै सेवा बन्द गरिएका छन् ।
प्रतिक्रिया