सीडीएससीद्वारा भदौ २३ को कारोबारको राफसाफ स्थगन

मंगलबार, ३१ भदौ २०८२, ११ : ४४

काठमाडौं- सीडीएससीले अघिल्लो साताको सोमबार भएको कारोबारको राफसाफ स्थगन गरेको छ । 

सीडीएससीले आज एक सूचना जारी गर्दै अघिल्लो साता भदौ २३ गते सोमबारका दिन जेनजी आन्दोलनको कारण देखाउँदै उक्त दिनको कारोबारको राफसाफ स्थगन गर्ने निर्णय गरको जनाएको हो ।  

उक्त दिन आगजनीका कारण ब्रोकरहरुको कारोबार राफसाफ तथा फर्छ्यौट कार्य हुन नसकेको कारण अर्को सूचना जारी नहुन्जेल उक्त दिनको कारोबार राफसाफ तथा फछ्र्यौट प्रक्रिया स्थगन गरिएको सूचनामा जनाइएको छ । 

तर भदौ २२ गते आइतबार भएको कारोबार भने राफसाफ भएको सीडीएससीको सूचनामा उल्लेख छ । 

capture

 
मंगलबार, ३१ भदौ २०८२, ११ : ४४

प्रतिक्रिया