काठमाडौं- बुंगल हाइड्रो लिमिटेडको आईपीओ असोज २ गते बिहीबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बिहान साढे ९ मा सेयर बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो। मागभन्दा १४ गुणा बढी आवेदन परेको यस आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ । यस आईपीओमा १ लाख ७० हजार १ सय ५० जनाले १०–१० कित्ताका दरले सेयर हात पार्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ।
यस कम्पनीले बझाङमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । बुंगल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।
प्रतिक्रिया