जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा पोखराको तल्लो गगनगौंडामा दीप प्रज्वलन

विहीबार, ०२ असोज २०८२, १० : १७

काठमाडौं- जेनजी आन्दोलनमा दिवंगत भएकाहरूको सम्झनामा असोज १ गते पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडा चोकमा साँझ दीप प्रज्वलन गरिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानमा तल्लो गगनगौडा र आसपास क्षेत्रका स्थानीयवासीहरूले सामूहिक रुपमा उपस्थित भई दीप प्रज्वलन गरेको नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का निवर्तमान सभापति किसान परियारले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागहरूको राज्यबाट उचित सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।

निस्कृय पारिएको सामाजिक सञ्जाल खुलाउनुुपर्ने, भ्रष्ट्राचारको अन्त्य हुनुपर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्नुुपर्ने लगायतका माग राखी यही भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका थिए ।

आन्दोलनका क्रममा देशभर हालसम्म ७३ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, केही घाइतेहरु अस्पतालबाट डिस्चार्ज भईसकेका छन् भने केही अझै उपचाररत छन् । 
 

 
विहीबार, ०२ असोज २०८२, १० : १७

प्रतिक्रिया