पुनर्निर्माणका लागि बिक्री रकमको १ प्रतिशत दिने लक्ष्मी टेक्नोप्लास्टको घोषणा

विहीबार, ०२ असोज २०८२, १६ : १२

काठमाडौं- हालै नेपालमा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। आलको चुनौतीपूर्ण परिस्थितिमा पुनर्निर्माणलाई गति दिन ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड अगाडि सरेको छ।

कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको छ। यस कदमलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिइएको छ।

“हाम्रा संरचना हामी आफैं बनाउँछौं” भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले आफ्ना उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्ने जनाएको छ। यसले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, “यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।”

निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको जनाएको छ।

 
विहीबार, ०२ असोज २०८२, १६ : १२

प्रतिक्रिया