स्मार्ट लाइसेन्सको डेटा सुरक्षित

शुक्रबार, ०३ असोज २०८२, १७ : ५४

काठमाडौं–जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको छ । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको हो ।

भदौ २३ र २४ मा  जेनजी आन्दोलन चर्किंदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आगजनी भएको थियो । आगजनीबाट इम्बोस्ड नम्बरका सबै डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएको १२ लाख थान स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख थान लाइसेन्स जलेर नष्ट भएको थियो ।

छापिसकेर वितरणका लागि ठिक्क पारिएका बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको छ ।

शुक्रबार, ०३ असोज २०८२, १७ : ५४

प्रतिक्रिया