खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, ०५ असोज २०८२, १० : ३७

काठमाडौं- खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

यस हकप्रदमा सेयरधनीहरुले आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । 

 
आइतबार, ०५ असोज २०८२, १० : ३७

प्रतिक्रिया