अन्तिम १५ मिनेटको भारित औसत गणना स्थगित, अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना हुने

आइतबार, ०५ असोज २०८२, १० : ५५

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य र सूचक गणना विधि स्थगित गरेको छ।

नेप्सेले एक सूचना जारी गर्दै उक्त विधि स्थगित गरेको र असोज ७ गतेबाट पुरानै कारोबार मूल्य र सूचक गणना विधि लागू हुने जानकारी गराएको छ।

नेपाल धितोपत्र बोर्डको मिति असोज ४ गतेको पत्रमार्फत धितोपत्रसम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशनअनुसार धितोपत्र काराबवार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लिखित ‘उपविनियम (१) को खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजे देखि ३ः ०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ।

नेप्सेले भनेको छ,  ‘यो परिवर्तित व्यवस्थाको आज असोज ५ गते प्राविधिक परीक्षण गरी मिति असोज ६ गते सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागू गरिनेछ ।’

 
आइतबार, ०५ असोज २०८२, १० : ५५

प्रतिक्रिया