काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको यस सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया