काठमाडौं- युनिभर्सल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असोज ८ गते बुक क्लोज गर्दैछ। यसर्थ आज असोज ७ गतेसम्म कायम सेयरधनीहरु मात्र कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीको वार्षिक साधारणसभा असोज २३ गतेका लागि बोलाइएको छ। सभा ललितपुरको तीखेदेवलस्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको कुल ९.४७३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश छन्। सभाले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
यस सभाले आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८१/८१ सम्मको सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेस गर्ने वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले त्यस अवधिको लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
सभाले चालु आर्थिक वष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।
प्रतिक्रिया