नेप्सेमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचिकृत

मंगलबार, ०७ असोज २०८२, १५ : ५९

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज यस कम्पनीको सवा ६१ लाख बढी कित्ता सेयर सूचिकृत भएको हो  । 

कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीले हालै आफ्ना सेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।

यो सूचिकृत सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ । 

 
मंगलबार, ०७ असोज २०८२, १५ : ५९

प्रतिक्रिया