नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

बुधबार, ०८ असोज २०८२, १० : ०४

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ।

नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो।

यी दुई कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

नेप्सेले कामना सेवा विकास बैंकको १० प्रतिशत र यूनिभर्सल पावरको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कायम सेवा विकास बैंकको सेयर मूल्य ४७७ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यूनिभर्सल पावरको ३८० रुपैयाँ २८ पैसा कायम भएको छ। 

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामनाको सेयर प्रतिकित्ता ५२५ रुपैयाँ ५० पैसा र यूनिभर्सलको ४१४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

 
बुधबार, ०८ असोज २०८२, १० : ०४

प्रतिक्रिया