काठमाडौं- झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान सेयर बाँडफाँड गरेको हो।
कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता सेयर निष्कासन गरेको थियो। जसमा १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन स्वीकृत भएको छ।
आईपीओ बाँडफाँडमा ४७ हजार ३३३ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। सेयर पाएका मध्येबाट ६ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्।
आईपीओको अन्तिम नतिजा सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/result मार्फत् हेर्न सकिन्छ ।
प्रतिक्रिया