सर्वसाधारणलाई संस्थापक सेयर बिक्री गर्दै आरएसडिसी लघुवित्त

बुधबार, ०८ असोज २०८२, १० : ४८

काठमाडौं- आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघ संस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

संस्थापक सेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ।

उक्त सेयर किन्न इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ।

 
बुधबार, ०८ असोज २०८२, १० : ४८

प्रतिक्रिया