काठमाडौं–नेपाल राष्ट्र बैंकले जलेका नोट साट्न कडाई गर्ने भएको छ । नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९ मा संशोधन गरेर नयाँ व्यवस्था गरेसँगै कडाई गरिएको हो । यसका लागि कार्यविधि समेत बनाइने भएको छ ।
आवश्यकताको आधारमा नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९ मा संशोधन समेत हुने भएको छ । भदौ २४ गतेको प्रदर्शनमा सार्वजनिक सम्पत्तिसँगै धेरै नेता र व्यवसायीको निजी घर, उद्योगमा तोडफोड र आगजनी भएको थियो ।
आगो निभेपछि कतिपय नेता, व्यवसायीको घरमा जलेको अवस्थामा पैसा फेला परेका हुन् । कतिपयको घरमा विदेशी मुद्रा समेत पाइएको छ ।
प्रतिक्रिया