हिमालयन सेक्युरिटिजको साधारण सभा सम्पन्न, शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश

शुक्रबार, १० असोज २०८२, १४ : २०

काठमाडौं–हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

शुक्रबार, १० असोज २०८२, १४ : २०

प्रतिक्रिया