सागर डिष्टिलरीको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

आइतबार, १२ असोज २०८२, १० : २६

काठमाडौं- सागर डिष्टिलरीको आईपीओ आज असोज १२ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड आईपीओ बाँडफाँड गरिएको हो।

सागर डिष्टिलरीको आईपीओ गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो।

यो आईपीओमा कुल २२ लाख २७ हजार ५०३ आवेदकले सेयर माग गरेका थिए। जसमा २१ लाख ९३ हजार ८३२ आवेदकले माग गरेको सेयर सदर भएको छ। बाँकी ६६ हजार ३२० आवेदकले माग गरेको सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ६४ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

सागर डिष्टिलरीको आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

आईपीओको अन्तिम नतिजा सीडीएससीले आईपीओ हेर्न बनाएको बेवसाइट https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/share-allotment र मेरो सेयर एपः https://meroshare.cdsc.com.np/#/login मार्फत् हेर्न सकिन्छ । 

 
आइतबार, १२ असोज २०८२, १० : २६

प्रतिक्रिया