काठमाडौं- आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ।
कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।
प्रतिक्रिया