भगवति हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

आइतबार, १२ असोज २०८२, १२ : २४

काठमाडौं- भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ।

कम्पनीले कात्तिक २ गते, आइतबार, आव्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गटन र संख्या परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

 
आइतबार, १२ असोज २०८२, १२ : २४

प्रतिक्रिया