माओवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

सोमबार, २० असोज २०८२, १० : ०१

काठमाडौं नेकपा (माओवादी केन्द्र)को  सचिवालय बैठक सोमबार बस्दै छ ।  दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।

महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही बैठकले  पूर्वपदाधिकारीलाई  सचिवालयमा रूपान्तरण गरेको थियो । 

सोमबार, २० असोज २०८२, १० : ०१

प्रतिक्रिया