काठमाडौं- एसवाई प्यानल नेपालले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि असोज ७ गतेबाट आइपीओ बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज असोज २१ गते अन्तिम दिन रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति दिएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँबराबरको २ लाख ६१ हजार ६२९ कित्ता सेयर स्थानीयका लागि निष्कासन गरिएको छ।
यो आईपीओमा चितवनको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
एसवाई प्यानलको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
स्थानीयले एसवाई प्यानलको रत्ननगरस्थित कार्यालयका साथै प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालय र क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्।
स्थानीयले प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आईपीओमा आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया