शाओमी नेपालद्वारा रेड्मी नोट १४ सिरिजमा छुट दिने घोषणा

बुधबार, २२ असोज २०८२, १७ : ००

काठमाडौं- शाओमी नेपालले “शाओमी महा फेस्टिवल” उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ । 

रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्, “यस रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ । यस सिरिजको मूल्यमा गरिएको यो नयाँ मूल्य हाम्रो वाचा पुनः दोहो¥याउने प्रयास हो । साथै यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने छ । अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ । हामीले हाम्रा ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेका छौँ, जसले गर्दा हाम्रा ग्राहकहरुलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउँनेछ ।”

रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य यसप्रकार छ:

रेड्मी नोट १४

• 6GB + 128GB: रु. २४,९९९ → रु. २३,९९९
• 8GB + 256GB: रु. २७,९९९ → रु. २६,९९९

रेड्मी नोट १४ (5G)

• 8GB + 256GB: रु. ३०,९९९ → रु. २९,९९९
• 12GB + 512GB: रु. ३५,९९९ → रु. ३४,९९९

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक  अपेक्षा पुरा गर्दै आएको छ । संशोधित मूल्यहरू २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको र नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता तथा खुद्रा बिक्रेता र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

 
बुधबार, २२ असोज २०८२, १७ : ००

प्रतिक्रिया