शिवश्री हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

विहीबार, २३ असोज २०८२, १० : ०९

काठमाडौं- शिवश्री हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले भदौ १९ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो हकप्रदमा आज असोज २३ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ कित्ता सेयर बराबर नयाँ १ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

हकप्रद सेयर जारी गर्न कम्पनीले गते साउन १६ गते बुकक्लोज गरेकोले साउन १५ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउनेछन्।

सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा सीडीएससीको ‘मेरो सेयर’बाट पनि आवेदन दिन सकिनेछ।

 
विहीबार, २३ असोज २०८२, १० : ०९

प्रतिक्रिया