काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेको छ।
कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता शेयर बाँकी बसेको थियो।
कम्पनीले यसरी बाँकी रहेको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् भदौ २७ गतेदेखि असोज ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको थियो।
उक्त अवधिभर परेका बोलपत्रहरू असोज ९ गते खोलेर आवश्यक रुजु गरी असोज २२ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ। बाँडफाँडको अन्तिम मूल्य ९कटअफ प्राइस० संस्थापक समूहतर्फको शेयरमा १२६ रुपैयाँ र सर्वसाधारण समूहतर्फको शेयरमा ५०३.४३ रुपैयाँ कायम भएको छ।
बाँडफाँडमा नपरेकाहरूको रकम आज असोज २३ गतेदेखि नै फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया