रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

आइतबार, २६ असोज २०८२, १० : १२

काठमाडौं- रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेकाले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट तथा सीडीएससीको ‘मेरो सेयर’ मार्फत् पनि आवेदन दिन सकिनेछ।

 
आइतबार, २६ असोज २०८२, १० : १२

प्रतिक्रिया