सेयर बजार

पुँजी बजारको भविष्य उज्ज्वल छ उच्च मनोबल साथ संयमित भएर कारोबार गर्नु : ब्रोकर एसोसिएसन

सोमबार, २७ असोज २०८२, १४ : ०९

काठमाडौं- स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्ज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । 

पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोबल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोबलका साथ सेयर कारोबार गर्न ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गरेका छन् । अहिले नेप्से परिसूचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेको भन्दै सोही अनुरूप उच्च मनोबलका साथ कारोबार गर्न ढकालले आग्रह गरेका हुन् ।

‘नयाँ सरकार गठनसँगै पुँजी बजारको सुधार र विकासका लागि पुँजी बजार सुधार सुझाव समिति बनाई पुँजी बजारको सुधार गर्नका लागि आवश्यक सुझावहरू लिई सो अनुसारको आवश्यक कदमहरूलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोही अनुरूप नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ,’ उनले भने, ‘बोर्ड लगायत सरोकारवाला निकायले लगानीकर्ताहरूले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरू अगाडि बढाईसकेको छ भने ब्रोकर एसोसिएसनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दीर्घकालीन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ ।’

आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि  समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, वैदेशिक मुद्राको बचत दर तथा मूल्यवृद्धि लगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृद्ध हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उनले जानकारी दिए ।

Broker Association

 
 
सोमबार, २७ असोज २०८२, १४ : ०९

प्रतिक्रिया