काठमाडौं– नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले देशभक्त, सुशासन एवं समृद्धिको लक्ष्यप्रति इमान्दार शक्तिहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत मुलुक अप्ठेरो अवस्थामा रहेको बताउँदै नयाँ चेतना ग्रहण गरेर एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो मुलुक यतिबेला धेरै नै अप्ठेरो अवस्थामा छ ।राष्ट्रिय सार्वभौमिकता , नेपाली जनताको सम्प्रभुता , राष्ट्रिय एकता , लोकतन्त्र ,सुशासन र समृद्धि लाई केन्द्रमा राख्दै र जेन जी पुस्ताको पछिल्लो विद्रोहात्मक आन्दोलनको मर्म र भावलाई समेत आत्मसात गर्दै सम्पूर्ण देशभक्त र सुशासन एवं समृद्धिको लक्ष प्रति इमान्दार जनपक्षीय शक्तिहरू एकताबद्ध होऔं । नयाँ चेतना ग्रहण गरौं र नयाँ आवश्यकता अनुसार अघि बढौ।’
प्रतिक्रिया