माइतीघरमा महत, थापा र गंगा दाहालको तस्बिर टाँसेर विरोध, नेताको ‘झोले’ र ‘भ्रष्ट’ भएको आरोप

शुक्रबार, ३१ असोज २०८२, ०९ : ३६

काठमाडौं–  काठमाडौँको माइतीघरमा कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको तस्बिर राखेर विरोध प्रदर्शन गरिएको छ ।

पूर्व सैनिक माधव सुन्दर खड्काले राजनीतिक दलहरूप्रति वितृष्णा जगाउने काम उनीहरुले गरेको आरोप लगाउँदै ती नेताहरूको फोटो माइतीघरमा झुण्डाएर विरोध जनाएका हुन् । 

नेपाली कांग्रेसका नेता महत, एमालेका नेता थापा र माओवादी केन्द्रकी नेतृ गंगा दाहालको फोटो टाँसेर आफ्नो धारणा राख्दै भ्रष्टहरुलाई सामाजिक बहिस्कार गर्नुपर्ने बताएका थिए ।

महतको तस्बिरमा‘ म भ्रष्टचारी भाउजुको भ्रष्टचारी देवर प्रकाशशरण महत’ लेखिएको छ भने थापाको फोटोमा ‘म नरसंहार हत्यारा, केपी शर्मा ओलीको महाझोले’ लेखिएको छ ।

यस्तै, प्रचण्डपूत्री गंगाको फोटोमा ‘म जनयुद्धको नाममा अकूत सम्पत्ति कमाउने महिला भ्रष्टाचारी’ लेखिएको छ। 

 
 
 
शुक्रबार, ३१ असोज २०८२, ०९ : ३६

प्रतिक्रिया