शिव श्री हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

आइतबार, ०२ कार्तिक २०८२, १३ : ३८

काठमाडौं- शिव श्री हाइड्रोपावर लिमिटेडले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ।

कम्पनीले साउन १५ गतेसम्म कायम सेयरधनीहरूका लागि १ कित्ता बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूवर्क आवेदन दिएका सेयरधनीहरूलाई असोज ३१ गते शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटटले जनाएको छ। कुल १ करोड ३८ लाख ९८ हजार १५५ कित्ता हकप्रद सेयर मात्रै बाँडफाँड भएको कम्पनीले जानकारी दिएको छ।

बाँडफाँडमा बाँकी बसेको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर अब कम्पनीले लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राख्नेछ।

 
आइतबार, ०२ कार्तिक २०८२, १३ : ३८

प्रतिक्रिया