काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले ११८ वटा एटीएम मेसिन आयात गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा करिब ५३ लाख रुपैयाँ खर्च गरेर ती एटीएम मेसिन नेपाल ल्याइएको हो ।
यस अवधिमा नेपालले ४६७ वटा रकम गणना गर्ने मेसिन पनि आयात गरेको छ। ती मेसिनहरूमा करिब ९१ लाख रुपैयाँ खर्च गरिएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया