काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कात्तिक १३ गते बिहीबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा एलआइसी नेपालको १० प्रतिशत बोनस सेयर वापत ५० लाख कित्ता सेयर सूचिकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनीको २ दशमलव ५० प्रतिशत बोनस सेयर वापत ६ लाख २५ हजार ६६४ कित्ता सेयर सूचिकृत भएको हो ।
यी कम्पनीहरुको सूचिकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया