सिटी होटलले कात्तिक २३ गतेबाट अवितरित हकप्रद सेयर बिक्री गर्दै

आइतबार, १६ कार्तिक २०८२, १० : २३

काठमाडौं- सिटी होटलले साढे २१ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।

होटलले यही कात्तिक २३ गतेबाट २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गर्न लागेको हो। 

जसमा संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहको लइकनमा नरहेको १ लाख ५४ हजार ४१९ र कर्मचारीको ६ हजार कित्ता सेयर रहेको छ।

होटलले हालै आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.८० अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यतिबेला खरिद हुन बाँकी रहेको सेयर होटलले बिक्री गर्न लागेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र यही कात्तिक ३० गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु विराटनगर, हेटौँडा, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

 
आइतबार, १६ कार्तिक २०८२, १० : २३

प्रतिक्रिया