काठमाडौं– नेकपा(माओवादी केन्द्र)का पूर्वनेता गोपाल किराती अन्ततः पूर्ववर्ती पार्टीमै फर्किएका छन् । तत्कालीन एमाले र माओवादीको एकता प्रक्रियामा असहमति राखेर बाहिरिएका किराती फेरि एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा सामेल हुन लागेका हुन् ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किरातीलाई पार्टीमा स्वागत गरेका छन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित अन्य ६ वाम घटकबीच बुधबार पार्टी एकता हुन लागेको छ ।
यद्यपि, दुबै पार्टीका केही नेताहरु भने एकता प्रक्रिया प्रति असहमत हुँदै अलग भएका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकता प्रक्रियाबाट बाहिरिएका छन् भने माओवादीमा पनि जनार्दन शर्मा एकतामा सामेल नहुने भएका छन् ।

प्रतिक्रिया