काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ इनर्जी लिमिटेडको आईपीओ सूचिकृत भएको छ।
नेप्सेमा स्टक सिम्बोल एमएबीईएलमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचिकृत भएको हो।
कम्पनीको सेयर गत भदौ ८ गते बाँडफाँड भएको थियो। कम्पनीको आईपीओ लामो समयपछि सूचिकृत भएको हो ।
कम्पनीको सेयर भोलि कात्तिक १८ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइ नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ।
कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया