काठमाडौं- नेपाल स्टक एक्सचेञ्जमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मुल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४१७ रुपैयाँका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो।
यही समायोजित मूल्यलाई आधार मानेर आजको बजारमा बैंकको सेयर कारोबार खुल्नेछ।
बैंकको १९औं वार्षिक साधारणसभा कात्तिक २७ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान ११ बजे सुरु हुनेछ।
प्रतिक्रिया