विन्ध्यावासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

मंगलबार, १८ कार्तिक २०८२, ११ : ०१

काठमाडौं- विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद सेयर जारी गर्नुको उद्देश्य कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्नु रहेको छ।

हकप्रद सेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिएर आगामी साधारणसभाबाट पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

 
मंगलबार, १८ कार्तिक २०८२, ११ : ०१

प्रतिक्रिया