नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत

मंगलबार, १८ कार्तिक २०८२, १६ : ४६

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयर वापत १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद सेयर वापत ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 

यी कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
मंगलबार, १८ कार्तिक २०८२, १६ : ४६

प्रतिक्रिया